संगीतले मानिसमा जागरण ल्याउँछ : ओली
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छेमा जागरण ल्याउन राजनीतिभन्दा संगीत शक्तिशाली भएको बताएका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको शार्दूल अंक–४ र गीति एल्वम ‘समृद्ध नेपाल र सुखी नेपाली’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘संगीतमा समाज र मानिसलाई बदल्ने शक्ति हुन्छ । गीतबाट सामाजिक जागरण र अग्रगमनका लागि ठूलो काम गर्न सकिन्छ,’ ओलीले भने । कलाकारहरूले जनताका समस्यालाई छुने गीत गाउनुपर्ने उनको धारणा छ । ‘ऐना र तस्बिरमात्र होइन अगाडिको बाटो देखाउने खालको गीत गाउनुपर्दछ । जागरणका गीतले समाजलाई जुरुक्क उठाउँछ,’ ओलीले भने, ‘अरूलाई चेतना दिने, बाटो देखाउने र उत्साही बनाउने खालको सिर्जना हुनुपर्दछ । मानवीय आवश्यकतातर्फ फर्किएको कला, साहित्य सिर्जना गर्नुपर्दछ ।’
नेपालमा पूर्खाले छन्द, कलाकारिताका रङ, संगीतको सूर, ताल पत्ता लगाएकाले आजको समयमा संगीत र साहित्यलाई आवश्यकतानुसार सदुपयोग गर्नुपर्ने ओलीले बताए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले गीतमा नेपालको राष्ट्रिय एकता, स्वाभिमान, अखण्डताको भाव झल्किएको जानकारी गराए । गीतमा कुन्ती मोक्तान, इन्द्र गुरुङ, कला राई, मिलन अमात्यलगायत १२ कलाकारले स्वर दिएका छन् ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

‘विकाससँग सांसद जोडिनुपर्छ’

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

प्रतिक्रिया