देवकोटाको जन्मदिनको अवसरमा चित्रकला प्रतियोगिता

काठमाडौँ- महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिनका अवसरमा चित्रकला प्रतियोगिता हुने भएको छ । हिमालयन फेस्टिबल अफ आर्ट एन्ड लिटरेचरको आयोजनामा देवकोटाको जन्मदिनमा चित्रकला प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा देवकोटाको चित्र कोरेर आयोजकलाई पठाउनुपर्ने छ । कात्तिक १९ गतेसम्म चित्रकला पठाउन सकिने आयोजकले बताएका छन् । प्रतियोगीले आयोजकको फेसबुक वा इमेलमार्फत आफ्नो चित्रकला पठाउन सक्नेछन् ।
आयोजकलाई प्राप्त चित्रकलाहरुमध्येबाट उत्कृष्ट चित्रकलालाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले बताएका छन् । सामाजिक सञ्जालमा अत्यधिक रुचाइएको अर्को चित्रकलालाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
देवकोटाको सम्झनामा चित्रकला प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

प्रतिक्रिया