दिवंगत सिद्धार्थलाई शहनाजको सन्देश 'तु मेरा है'

मुम्बई- अभिनेत्री शहनाज गिल बिहीबार करिब दुई महिनापछि सामाजिक संजालमा फर्किइन् । गत सेप्टेम्बर २ देखि उनले सामाजिक संजालमा कुनै पोस्ट गरेकी थिइनन् । अभिनेता सिद्धार्थ शुक्लाको मृत्युपछि उनी निकै टुटेकी थिइन् ।
दुई महिनापछि इन्स्टाग्राममा फर्किएकी उनको पहिलो पोस्ट सिद्धार्थसँगै सम्बन्धित छ । ‘तु यही हे’ बोलको गीतको पोस्टर सेयर गर्दै उनले लेखेकी छिन्– ‘तु मेरा हे और....’ शहनाजले बिस्तारै सिद्धार्थका सम्झनाहरू संगालेर जिउन सिक्दैछिन् ।
सिद्धार्थको सम्झनामा शहनाजको गीत आज रिलिज भएको छ । गीतमा उनी आफैले स्वर दिएकी छिन् । जसमा उनले आफ्नो मनको अवस्था पोखेकी छिन् । ‘सिड्नाज’ अर्थात् सिद्धार्थ र शहनाजले बिग बोसको घरमा बिताएका खुसी र हाँसोठट्टाका पलहरू भिडियोमा देख्न सकिन्छ ।
यी पुराना सम्झनाहरू हेरेर जो कोही भावुक हुन सक्छ । शहनाज आफैँ पनि निकै भावुक देखिन्छिन् । यो गीत शहनाजका लागि मात्र नभई ‘सिड्नाज’का सबै फ्यानहरूका लागि जीवनभरको सम्झना हो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया