प्रधानन्यायाधीशसँग छलफल सकिएलगत्तै फेरि छलफलमा जुटे १३ न्यायाधीश

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र १३ जना न्यायाधीशबीच छलफल सकिएको छ । निकास खोज्न भन्दै १३ न्यायाधीश प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए । प्रधानन्यायाधीश राणासँग छलफल सकेर १३ न्यायाधीश फेरि छलफलमा जुटेको एक न्यायाधीशले बताए । उनले प्रधानन्यायाधीश राणासँग के के छलफल भयो भन्नेबारे खुलाउन चाहेनन् । 'प्रधानन्यायाधीशसँग छलफल सकेर हामी फेरि छलफलमा जुटेका छौँ' ति न्यायाधीशले इकागजसँग भने ।
काठमाडौंबाहिर रहेका दुई न्यायाधीश अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानले पनि आफूहरूको सहमति भएको इमेल पठाएका छन् । वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा प्रधानन्यायाधीश राणासँग छलफल सुरु भएको हो । छलफलमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईले निकास खोज्न प्रस्ताव राख्ने तयारी छ ।
यदि प्रधानन्यायाधीश राजीनामा नदिएको खण्डमा प्रधानन्यायाधीशविरुद्ध पत्रकार सम्मेलनगरी इजलास बहिष्कार गर्ने औपचारिक धारणा राख्ने तयारी छ । प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म बहिष्कार निरन्तर रहनेछ ।
प्रधानन्यायाधीशबाहेक काठमार्डौ उपलब्ध १३ जना न्यायाधीशले सोमबार नै इजलास र फूलकोर्ट बहिष्कार गरिसकेका छन् । आइतबारसँगै रहेका न्यायाधीश नहकुल सुवेदी भने सोमबार अनुपस्थित रहेका थिए । न्यायाधीश इश्वर खतिवडा अमेरिका भ्रमणमा छन् ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया