यस वर्षको पद्मश्री सम्मान भक्तराजलाई, साहित्य पुरस्कार दाहाललाई
काठमाडौँ - यस वर्षको पद्यश्री साधना सम्मान भजनशिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिएको छ । यस्तै पद्यश्री साहित्य पुरस्कार केशव दाहाललाई प्रदान गरिएको छ । उनले लेखेको मोक्षभूमि उपन्यासका लागि साहित्य पुरस्कार प्रदान गरिएको हो ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले गायक संगीतकार तथा गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई साधना सम्मान र सिंजा खस साम्राज्यमा भएको दासप्रथाबारे लेखिएको उपन्यास मोक्षभूमिलाई पद्यश्री साहित्य सम्मान अर्पण गर्न पाउँदा खुशी लागेको बताए ।
साथै उनले आउँदो वर्षको लागि पद्यश्री साहित्य पुरस्कार छनोट गर्ने निर्णयक समितिको नाम सार्वजनिक गरेका छन् । उनका अनुसार साहित्यकार कुमारी लामा, नयनराज पाण्डे र समालोचक राम लोहनी रहेको छनोट समितिले सम्मान र पुरस्कार पाउने व्यक्तिको नाम छनौट गर्नेछ । साथै अध्यक्ष लामिछानेले आगामी वर्षदेखि संस्थाले समाजसेवामा विशिष्ट योगदान पुर्याएका एक व्यक्तिलाई पद्यश्री सेवा सम्मान प्रदान गरिने पनि बताए ।
२०६२ सालमा पद्यश्री साधना सम्मान र पुरस्कार स्थापना गरिएकाे थियाे ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया