रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना सार्वजनिक

काठमाडौँ- रिलायन्स लाइफ इन्स्योरेन्सले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बीमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ ।
उक्त व्यवस्थाले बीमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरण समेत प्रदान गर्दछ । यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्नेछन् ।
१५ वर्षको बीमा अवधिको समाप्तिमा बीमितलाई अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बीमा अवधिको समाप्तिमा अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस र बीमाङ्क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान गरिनेछ । यस योजनामा कथंकदाचित बीमा अवधिमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिने कम्पनीको भनाइ छ ।
यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम रु। १ लाख कायम गरिएको छ । यो योजनासंगै बिमितले थप न्यूनतम बीमाशुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

प्रतिक्रिया