कामना सेवा बैंकले १९.४७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ - कामना सेवा विकास बैकले आगामी कात्तिक २३ गते आफ्नो १५औं वार्षीक साधारणसभा गर्ने निर्णय गरेको छ । असोज २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १५ औं साधारणसभाको मिति तय गरेको हो ।
१५ औं वार्षीक साधारणसभा प्रयोजनको लागि कात्तिक १० गते एक दिनको लागि बैंकको सेयरधनी दर्ता किताब बन्द गरिने बैंकले जनाएको छ । नेपाल स्टक एक्स्चेन्जमा बुक क्लोज भन्दा अगाडिको दिनसम्म कारोबार भई सेयर खरिद गरी नियमानुसार आफ्नो नाममा सेयर नामसारी भई आएका सेयरधनीहरू उक्त सभामा भाग लिन सक्ने छन्। र, आ.व. २०७७/०७८ को नगद लाभांश तथा बोनस सेयर पाउन योग्य हुनेछन् ।
उक्त साधारण सभाले सञ्चालक समितिको वार्षीक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने छ। त्यसैगरी संस्थापक तथा सर्वसाधरण सेयरधनीको तर्फबाट ३/३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने छ ।
यसै गरी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आएअनुसार चुक्ता पुँजीको रु. २,६५,१९,६३,७३१.५९को १८.५० प्रतिशतका दरले हुन आउने रकम रु. ४९,०६,१३,२९०.३४ बोनस सेयर तथा सोको कर प्रयोजनको लागि ०.९७ प्रतिशतका दरले हुन आउने रकम रु. २,५७,४०,०४८.२० बराबरको नगद लाभांशसमेत गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

प्रतिक्रिया