आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

जगदम्बाको एनटर्कियनको परिवारमा ५० हजार सदस्य, सेलिब्रेसन राइडको आयोजना गर्दै

काठमाडौं - टिभियस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आºनो एनटर्क परिवारमा ५०,००० सदस्यहरु पुगेको छ । यस अवसरमा कम्पनीले सेलिब्रेसन राइडको आयोजन गरेको छ । 

यो राइड असोज १६ गते नक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटल सम्म हुने छ । भेन्युमा पुगे लगत्तै लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरूसँग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको छ ।

यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्नु हो । यसले सबै राइडरहरुलाई एक अर्का संग जुड्नका लागी र आफ्नो एनटर्किएन अनुभव एक अर्कासँग बाँड्न मद्दत गर्दछ । लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिन सक्नेछन् । यो राइड सबै सुरक्षा प्रोटोकलहरुलाई अप्नाएर आयोजना गरिदैछ ।

जगदम्बा मोटर्स प्राइभेट लिमिटेडका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘हामी हाम्रो टिभियस परिवारमा ५० हजार सदस्यहरु पुगेको घोषणा गर्न पाउँदा अत्यन्तै खुशी छौं र सबै एनटर्क राइडरहरुलाई हार्दिक बधाई दिन चाहन्छौँ । यही संख्याको थप सँगै, हामी हाम्रा राइडरहरुको लागी एक सन्तोषजनक अनुभव प्रदान गर्नको लागी प्रतिबद्ध रहेका छौँं । मलाई आशा छ कि एनटिर्कएनहरुले यसको पूर्ण आनन्द लिने छन् र उनीहरुको हरेक यात्रा आनन्दमय हुनेछ ।’