कुमारी बैंक र यती एअरलाइन्सले 'कुमारी स्काई क्लब कार्ड' जारी गर्ने

काठमाडौँ- कुमारी बैंक र वायुसेवा कम्पनी यती एअरलाइन्स प्रालिले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपमा नेपालमै पहिलो पटक स्विप एण्ड प्लाई च्याम्पिएनको शुरुवात गरेको छन् । यती एअरलाइन्सको स्काई क्लब कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लब को–ब्राण्ड कार्ड जारी गरिने दुवै कम्पनी जारी गरेको व्यक्तव्यमा जनाएको छ ।
यसै सन्दर्भमा कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले कुमारी स्काई क्लब कार्डका वाहकहरुले अब हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगरे पनि हवाई यात्रा गरे सरह नै निश्चित अंक प्राप्त गरिने भएकोले हवाई यात्रा गर्न कुमारी बैंकका ग्राहकहरु समेत प्रोत्साहित हुने विचार व्यक्त गरे ।
अब एअरलाइन्स र बैंकका साझेदार ग्राहकहरुले जुनसुकै समयमा यो सुविधा प्राप्त गर्न सक्ने यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालज्यूले बताए । हवाई र वित्तीय क्षेत्रबीच यस किसिमको व्यवसायिक सहकार्य विल्कुलै पृथक शैलीमा नेपालमै पहिलोपटक भएको हो । त्यसकारण पनि यो सहकार्य दुवै पक्षको लागि नवीन एवं महत्वपूर्ण रहेको छ ।

बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

प्रतिक्रिया