मदन पुरस्कार विजेता राधा पौडेलको बाल्यकालीन संस्मरण 'रोल नम्बर एक' प्रकाशित

काठमाडौँ - मदन पुरस्कार विजेता तथा मर्यादित महिनावारीकी सामाजिक अभियन्ता राधा पौडेलको बाल्यकालीन संस्मरण 'रोल नम्बर एक' प्रकाशित भएको छ । 'रोल नम्बर एक' समाजमा व्याप्त अन्धविश्वासको भुमरीभित्र एउटी बालिकाले किशोरी बन्दासम्म खेपेका पीडाको पेटारो हो ।
बाल्यकालमा अब्बल बन्ने र छोरीहरूलाई हेर्ने हेयात्मक दृष्टि बदल्ने लेखकको सपनाले सृजना गरेका परिदृश्य नै यस पुस्तकमा समेटिएको छ । महिला र पुरुषबीच समानताको चाहले बाल्यकालमै अंकुरित विद्रोहको स्वर किशोरावस्थासम्म पुग्दा कसरी झांगियो, पौडेलको बाल्कालीन संस्मरण त्यसैको नालीबेली हो ।
पौडेल विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानीत व्यक्ति हुन् । 'खलङ्गामा हमला' पुस्तकका लागि उनले मदनपुरस्कार पनि प्राप्त गरेकी छन् । मर्यादित र सुरक्षित महिनावारीका बिषयमा उनका तीन पुस्तक प्रकाशित भइसकेका छन् भने 'रोल नम्बर एक' उनको पहिलो बाल्यकालीन संस्मरण हो ।
यस पुस्तकले नेपाली महिलाहरूको समान र सम्मानपूर्वक बाँच्ने चाहको संघर्षका बारेमा हामी सबैलाई बोध त गराउँछ नै, आज पनि बालिकाहरूले विभेदसँग झुत्ती खेल्दै बाँच्नुपरेको कुरालाई पनि सम्झाउँछ । यस पुस्तकले लेखकका बाल्यकालीन संस्मरणका माध्यमबाट नेपाली समाजमा छोरीहरूको समान र सम्मानपूवक बाँच्ने अधिकारका लागि पैरवी गर्न हामी सबैलाई प्रेरित गर्नेछ । सांग्रीला बुक्सले प्रकाशन गरेको ' रोल नम्बर एक 'को मुल्य २७५ रुपैयाँ रहेको छ ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया