श्रीलङ्कामा एक करोड व्यक्तिले कोभिडविरूद्धको खोप लगाए

कोलम्बो- श्रीलङ्कामा एक करोड व्यक्तिलाई कोभिड-१९ विरूद्धको खोप लगाइएको मङ्गलबार सार्बजनिक यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।
श्रीलङ्कामा यसै बर्षको जनवरीदेखि कोभिड-१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोभिड-१९ खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोडभन्दा माथि पुगेको औषधी उत्पादन, आपूर्ति र नियमन राज्य मन्त्री चन्ना जयसुमानाले पुष्टि गरेका छन् ।
जयसुमानाले श्रीलंकामा ३० वर्षभन्दा माथिको कुल जनसङ्ख्या एक करोड १५ लाख रहेको खोप लगाउन बाँकी रहेको उक्त उमेर समूहका १५ लाख व्यक्तिलाई आगामी केही सातामा नै खोप दिइने उनले बताए ।
जयसुमानाले स्थानीय सञ्चारकर्मीसँग भने, 'श्रीलङ्काका राष्ट्रपतिले अगस्टको अन्त्यअघि ३० वर्षभन्दा माथिका सबैलाई खोप लगाउने प्रबन्ध गर्न सरकारलाई दिएको निर्देशन अनुसार प्रशासनले काम गरिरहेको छ । हामी विश्वस्त छौं हामीसँग तोकिएको समयभन्दा अघि पनि यो अभियानलाई पूरा गर्न लागिपरेका छौँ ।'
सरकारी अधिकारीका अनुसार श्रीलङ्काले खोप लगाउने कामलाई पहिलो प्राथमिकतामा राखी अभियानलाई तीव्रता दिएको छ ।
३० वर्ष माथिको उमेरका व्यक्तिलाई खोप लगाइसके पछि सरकारले छिट्टै १८-३० बर्ष उमेर समूहलाई लक्षित गरी अभियान थाल्नेछ ।
स्वास्थ्य मन्त्रालयको तथ्याङकअनुसार यस एशियाली मूलुकमा चीनमा निर्मित खोप सिनोफार्म लगाउने मात्रको सङ्ख्या करिब ८३ लाख रहेको छ । (सिन्ह्वा)

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया