राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल भएको छ ।
छलफलमा भाग लिँदै सांसदहरूले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले वन्यजन्तुको सुरक्षा तथा मानव–वन्यजन्तु द्वन्द्व कम गर्न राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।
समितिका सभापति मायाप्रसाद शर्माले निकुञ्ज र मध्यवर्ती क्षेत्रलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा विस्तृत रूपमा छलफल गरेर सहकार्यमार्फत अगाडि बढ्ने बताए । उनले भने, “निकुञ्जभित्र खनिज पदार्थ भएमा के गर्ने ? कसरी व्यवस्थापन गर्ने ? यस विषयमा छलफल गरेर अगाडि बढ्नुपर्छ ।”
समितिका सदस्य मदनकुमारी शाहले निकुञ्जभित्र सवारीसाधनको ठक्करबाट वन्यजन्तुलाई जोगाउन ‘अन्डरपास’ र ‘ओभरपास’ का पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिइन्। उनले वर्तमान कानुनमा भएका झन्झटिला प्रावधानका कारण देखिएका समस्या समाधानका लागि विस्तृत छलफल गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
छलफलमा भाग लिँदै सुमित्रा विसी, रुक्मिणी कोइराला, श्रीकृष्ण अधिकारी, नरबहादुर विष्टलगायत सांसदहरूले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा रहेका विभिन्न प्रावधानका विषयमा सरोकार भएका निकाय तथा विज्ञसँग छलफल गर्नुपर्ने सुझाव दिए । रासस

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

प्रतिक्रिया