साउदी अरबले बनाउने ५ महत्वकांक्षी फिल्म कस्ताे हुनेछ ?

अमेरिकाको नयाँ कर नीतिका कारण अहिले विश्व अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको छ । भारत, चीनदेखि जापान, युरोपसम्म सबैतिर बजार सुस्त हुन पुगेको छ । तर, यी सबैको बीचमा साउदी अरेबियाको फिल्म उद्योग भने निरन्तर उकालो लागिरहेको छ। सन् २०२५ को पहिलो त्रैमासिकमा फिल्मबाट साउदीको आम्दानीमा बृद्धि भएको छ । जसवाट खुसी भएको साउदीले पाँचवटा नयाँ फिल्म परियोजनाको घोषणा गरेको छ।
साउदी अरबको सामान्य मनोरञ्जन प्राधिकरणका निर्देशक बोर्डका अध्यक्ष टर्की अल–शेखले ५ नयाँ उच्च प्रोफाइल फिल्म परियोजनाहरूको घोषणा गरेका छन्। राजधानी रियादस्थित बिग टाइम स्टुडियोमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यी चलचित्र बनाइने उनले जनाएका छन् ।
यी मध्ये एक फिल्म भने यार्मुकको युद्धमा आधारित हुनेछ। यो महान अरब कमाण्डर खालिद इब्न अल वालिदको जीवनमा आधारित हुनेछ, जसमा यार्मुकको युद्ध देखाइने छ। फिल्ममा अन्तर्राष्ट्रिय कलाकारहरुको अभिनय रहनेछ ।
दोस्रो फिल्म साउदी आर्मीमा आधारित छ । यो चलचित्र रक्षा मन्त्रालयको सहकार्यमा सत्य घटनाबाट प्रेरित भएर निर्माण भएको मानिएको छ । विश्व दर्शकलाई ध्यानमा राख्दै यो फिल्मले साउदी सेनाको बहादुरी र दृढ संकल्प देखाउने प्रयास गर्नेछ ।
यस बाहेक गृह मन्त्रालयको सहकार्यमा निर्माण हुन लागेको चलचित्रमा साउदी अरेबियामा लागुऔषध ओसारपसार विरुद्धको लडाईसँग सम्बन्धित कथाहरु देखाइने भएको छ।
साउदी अरेबियाले मिशन २०३० अन्तर्गत नयाँ नयाँ प्रयोगहरू गरिरहेको छ। क्राउन प्रिन्स मोहम्मद बिन सलमानका नीतिहरूका कारण व्यापार शीर्ष स्थानमा छ, जसका लागि उनी परम्परा तोड्नबाट पछि हटिरहेका छैनन्। दशकौंदेखि बन्द रहेका सिनेमा हलहरू साउदीमा मल्टिप्लेक्स खोलेर युवराजले चलचित्र उद्योगको प्रवर्द्धन गरिसकेका छन् ।
सन २०१८ मा सरकारले सिनेमा हलहरूमा ३५ वर्ष पुरानो प्रतिबन्ध हटाएको थियो। त्यसपछि यहाँ फिल्मको व्यापार उचाइमा पुगेको हो । रमजान २०२५ को पहिलो त्रैमासिकमा भए पनि साउदीले सिनेमा हलबाट बम्पर कमाई गरिरहेको छ र यो त्रैमासिकको आम्दानी गत वर्षको तुलनामा ४ प्रतिशतले बढी भएको जनाइएको छ ।
जसका कारण साउदी अरबको मन सिनेमा निर्माणतर्फ पनि जोडिएको छ ।

ओकिलीको नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

भाजपा सांसद कंगना र आर माधवन १० वर्ष पुनः पर्दामा सँगै

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसको ननस्टप १७ फिल्म भएको थियो सुपरहिट

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियोसहि…

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

प्रतिक्रिया