एनसेलले सुरु गर्यो भोवाइफाइ

काठमाडौँ- आफ्ना ग्राहकहरूलाई वाइफाइ इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवाको सुरुवात गरेको छ । नयाँ प्रविधिमा आमउपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने प्रयासस्वरुप एनसेलले यो सेवा सुरु गरेको हो ।
भोवाइफाइले ग्राहकहरूलाई कुनै पनि भरपर्दो वाइफाइ इन्टरनेट प्रयोग गरी स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न सक्षम बनाउँछ । वाइफाइ कलिङका नामले पनि चिनिने भोवाइफाइ सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानहरू जस्तै; घर अथवा ठूला बिल्डिङका बेसमेन्टहरू र दुर्गम स्थानहरूमा सेवा लिनसमेत प्रयोग गर्न सकिन्छ । प्रारम्भिक चरणमा हाललाई एनसेलको यो सेवा आईफोन ८ र त्यसमाथिका आईफोन मोडेलहरूमा उपलब्ध रहेको एनसेलले जनाएको छ ।
इनसेलका अनुसार यो सेवा लिँदा अतिरिक्त शुल्क लाग्दैन । ग्राहकहरूले विद्यमान भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर मोबाइल नेटवर्क भएका स्थानमा पनि विस्तारित नेटवर्क कभरेजको फाइदा लिएर सम्पर्कमा रहिरहन सक्छन् ।
भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवाका लागि फोरजी आवश्यक भएजस्तै भोवाइफाइका लागि भरपर्दो वाइफाइ कनेक्सनको आवश्यकता पर्छ । कमजोर मोबाइल नेटवर्क भएका ठाउँहरूबाट कुराकानी गर्दागर्दै मोबाइल नेटवर्क भएको स्थानमा पुगेमा बिनाकुनै व्यवधान भोवाइफाइबाट मोबाइल नेटवर्कमा स्वतःस्विच हुने यो प्रविधिको एक मुख्य विशेषता हो । यसले अस्थिर र कमजोर मोबाइल नेटवर्क भएका स्थानका ग्राहकहरूका लागि धेरै फाइदा पुर्याउँछ ।
भोवाइफाइ सेवाका साथग्राहकहरूलाई मोवाइल नेटवर्क समस्या भएका इनडोर अथवा बेसमेन्टजस्ता स्थानहरूमा समेत सेवा प्रदान गर्नका लागि फोरजीको परिपूरक प्रविधिको रूपमा भोवाइफाइ सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । चाँडै नै यो सेवा सामसङ, शाओमी, ओप्पो र भिभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने योजना रहेको एनसेलले जनाएको छ ।
यसले अझ बढी उपभोक्ताहरूलाई सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । एनसेलले आफ्नो फोरजी नेटवर्क देशको ९४ प्रतिशत जनसंख्यालाई कभर गर्ने गरी विस्तार गरिसकेको छ, जसले भोल्टे र भोवाइफाइ दुवै सेवा उपयोग गर्न सहज बनाउँछ ।
भोवाइफाइ सेवा चलाउन मिल्ने मोबाइल सेट भएका ग्राहकहरूले एनसेल एप डाउनलोड गरी एपमार्फत यो सेवा एक्टिभेट गनुपर्ने हुन्छ । त्यसपश्चात् ग्राहकले कुनै पनि भरपर्दो वाइफाइमार्फत भोवाइफाइ सेवाको फाइदा लिन सक्छन् ।
सेवा एक्टिभेट गर्नुअघि ग्राहकहरूले भोल्टे र भोवाइफाइ वा वाइफाइ कलिङ दुवै आफ्नो मोबाइलमा सक्रिय अर्थात् स्विच अन गरेको हुनुपर्छ । त्यसका लागि सेटिङमा गएर मोबाइल नेटवर्कभित्र गई सिमकार्ड छान्ने र भोवाइफाइ, वाइफाइ कलिङ वा सोहीअनुसार छानेर सक्रिय गर्नुपर्दछ । यसरी ग्राहकले आफ्नो मोबाइलमा भोवाइफाइ र वावाइफाइ कलिङ देखेमा सो मोबाइलमा भोवाइफाइ सेवा चल्ने बुझिन्छ । सेटिङमा भोवाइफाइ, वाइफाइ कलिङ सक्रिय गर्ने प्रक्रिया एन्ड्रोइड र आईओएस दुवैका लागि समान रहेको एनसेलको भनाइ छ ।

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_yoG0jo2xwn_dlkngyev4dehrxwxj2iff9ynri09tpobt93ipszycegg6nymmqcfcgvxixer.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

प्रतिक्रिया