प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न

तनहुँ- जिल्लाको व्यास नगरपालिका–५ स्थित पाटन टोल विकास संस्थाले प्राथमिक उपचारसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।
योगदान राष्ट्रका लागि नामक संस्थाद्वारा प्राथमिक उपचारसम्बन्धी सचेतनामूलक तालिम सञ्चालन गरिएको हो ।
संस्थाले अकस्मात् आगोले पोले, करेन्ट लागे, बेहोस भए, हृदयाघातलगायत समस्यामा प्राथमिक उपचार कसरी गर्न सकिन्छ भन्ने विषयमा सचेतनामूलक तालिम दिएको संस्थाका अध्यक्ष महेन्द्र गिरीले जनाकारी दिए ।
योगदान राष्ट्रका लागिका केन्द्रीय अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले प्रशिक्षण दिएका थिए । तालिममा ३५ जना सहभागी रहेका उनले बताए ।
संस्थाले देशका ६० भन्दा बढी जिल्लामा शाखा विस्तार गरिसकेको छ । हालसम्म विभिन्न स्थानमा एक लाखभन्दा बढीलाई प्राथमिक उपचारसम्बन्धी तालिम दिइसकेको अन्तर्राष्ट्रिय प्रशिक्षक उप्रेतीले जानकारी दिए । संस्थामा सदस्य लिन चहानेले निःशुल्क सदस्य बन्न सक्ने उनले बताए । -रासस

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

न्यूरो केयर फाउन्डेशन नेपालले गोकर्णेश्वरमा एक दिने निशुल्क शिविर आयोजना गर्दै

आँप खाँदा आउन सक्छ पिम्पल, यी पाँच उपायले जोगिनुस्

क- कसले सजिवन झुक्किएर खानुहुन्न ?

लामखुट्टेले हैरान गर्यो ? यी चार घरेलु तरिकाले भगाउनुहोस्

नेपाललाई क्षयरोग मुक्त बनाउनुपर्छ : मन्त्री पौडेल

मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

प्रतिक्रिया