बालुवाटारबाटै यसरी उद्घाटन गर्दैछन् प्रधानमन्त्रीले माथिल्लो तामाकोसी

काठमाडौँ : सरकारी निवास बालुवाटारमै बसेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह चार बजे माथिल्लो तामाकोसीको पहिलो युनिट (७६ मेगावाट) को उद्घाटन गर्दैछन् ।
आयोजना स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वालुवाटरमा बन्दोबस्त गरिएको एटा स्वीच थिच्नेछन् । उनले उक्त स्वीच थिचेपछि दोलखाको गोंगरस्थित विद्युत् गृहमा रहेको कम्प्युटरले कमाण्ड गर्छ र टर्बाइन घुम्न थाल्छ । गोंगर र बालुवाटारलाई कम्प्युटरको सर्भर (इन्टरनेट) मार्फत जोडिएको छ । अत्याधुनिक विद्युत्गृह सबै कम्प्युटरबाट स्वचालित छन् ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल इलेक्ट्रो-मेकानिकल कार्यहरु गत वैशाख १५ गतेअघि नै सम्पन्न भएका थिए । सुश्ररुङमा पानी भरी ‘वेट टेस्ट’ (पानीसहितको परीक्षण) कार्य गत असार १३ गते सफलतापूर्वक सम्पन्न भएको थियो । माथिल्लो तामाकोसीकै खर्चमा आयोजनाले हालै निर्माण सम्पन्न गरेको मुलुककै दोस्रो ठूलो २२०/१३२ केभी देवीघाटर सवस्टेशन (न्यू खिम्ती सवस्टेशन) हुँदै भोलिदेखि तामाकोसीको बिजुली राष्ट्रिय विद्युत् प्रसारण सञ्जालमा आबद्ध हुन लागेको हो ।
गोंगरदेखि सो सबस्टेशनसम्म ४७ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन तानिएको छ । त्यसका लागि एक सय २७ वटा ट्रान्समिसन टावरहरु निर्माण गरिएका छन् । हाल ५५ रोपनीमा बनेको उक्त सवस्टेशनबाट करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सकिने आयोजनाले जनाएको छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया