आठ लाख खर्चेर विद्यालयमा विज्ञान प्रयोगशाला

कालीकोट - जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ मेहेलमुडीस्थित पञ्चदेवल माध्यमिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला स्थापना भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानसम्बन्धी प्रयोगात्मक परीक्षणका लागि प्रयोगशाला स्थापना भएको हो ।
कक्षा १ देखि १२ सम्म अध्यापन हुने पञ्चदेव माध्यमिक विद्यालयमा किर्डाक नेपाल कालीकोट र सान्नीत्रिवेणी गाउँपालिकाद्वारा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत विद्यालयमा प्रयोगशाला स्थापना भएको छ ।
पुस्तकालय, प्रयोगशाला र सूचना प्रविधिबारे विद्यार्थीलाई जानकारी दिने उद्देश्यले विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक जयाकुमारी देवकोटाले बताइन् ।
“प्रयोगशाला स्थापना गर्न जिल्लास्थित किर्डाक नेपाल र प्लान नेपालको सहयोगमा रु छ लाख २४ हजार ३७, सान्नीत्रिवेणी गाउँपालिकाले रु एक लाख ५० हजार, विद्यालयबाट रु ५० हजार लगानी गरिएको छ”, प्रअ देवकोटाले भने, “विद्यालयमा अध्यापन गर्ने विद्यार्थीले विज्ञानसम्बन्धी जानकारी र आवश्यक ज्ञान वृद्धि गर्न प्रयोगात्मक काममा प्रयोगशाला सहयोगी बन्ने अपेक्षा लिएका छौँ ।”

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

भारतले एक्सलाई भन्यो- ८ हजार खाता ब्लक गर्नू, नभए कारबाही भोग्नू

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

गुगलको जेमिनी एआई चाँडै आईफोनमा आउने
डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आ…

नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० मिलियन यूरो …

प्रतिक्रिया