शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

दार्चुलामा एक जना मृत फेला

फाइल फाेटाे

दार्चुला - दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्।

मालिकार्जुन गाउँपालिका–२ जिउनाडास्थित खोलाको छेउमा सोही गाउँपालिका–८ मेलखेतका ६२ वर्षीय जसीराम पार्की बिहीबार मृत अवस्थामा फेला परेका हुन्। 

घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।