उपत्यकाबाट हराएका २७ मोटरसाइकल फिर्ता
काठमाडौं - काठमाडौं उपत्यकामा हराएका २७ मोटरसाइकल र स्कुटर फेला पार्दै ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १८ मोटरसाइकल र ९ स्कुटर धनीलाई जिम्मा दिएका हुन्। प्रहरीले प्राप्त निवेदनका आधारमा विभिन्न स्थानबाट ती सवारीसाधन फेला पारेको हो।
प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार हराएका सवारीसाधनमध्ये धेरै नक्कली नम्बर प्लेट राखेर चलाइएको अवस्थामा भेटिए। चोरीमा संलग्न ३२ जनालाई पक्राउ गरी कारबाहीका लागि प्रहरी कार्यालय र वृत्तमा पठाइएको छ।
काभ्रे, कोटेश्वर, गौशाला, नयाँ बसपार्क, सोह्रखुट्टे, मालीगाउँ, मंगलबजार, गोकर्ण, नगरकोट, ताथली, र बुद्धनगरलगायत स्थानबाट ती सवारीसाधन बरामद गरिएको थियो।

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

प्रतिक्रिया