अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं- बर्दिया, बढैयाताल गाउँपालिका(७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ३० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका २ शक्तिनगर बस्ने २९ वर्षीय कर्म जित शाहीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ विराटनगर महानगरपालिका(१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित सोही महानगरपालिका(१५ बस्ने २१ वर्षीय सेफ्ला अन्सारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका(६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित अर्जुनधारा
नगरपालिका(११ नयाँ बसपार्क गिरीबन्दु टोल बस्ने ४८ वर्षीय रविन तामाङलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको मे।११ प ३९९४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पाँचथर, फिदिम नगरपालिका(१ बुद्धमार्गबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १६ क्याप्सुल सहित तुम्वेवा गाउँपालिका(३ बस्ने १९ वर्षीय विवश सम्वाहाम्फे समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको छ ।

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

प्रतिक्रिया