लुम्बिनी प्रदेशसभा सदस्य निलम्बनमा

नेपालगञ्ज - नेकपा (एमाले) बाँकेले पार्टी अनुशासनविपरीत काम गरेको भन्दै आज लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टी सङ्गठित सदस्यताबाट निलम्बन गरेको छ ।
पार्टीलाई हानिनोक्सानी पुर्याउने मनसायका साथ पार्टी अध्यक्ष, महासचिवसमेतको मानहानी हुनेगरी पार्टीका मूल्यमान्यताविपरीत सार्वजनिकरूपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउनेजस्ता गतिविधि निरन्तर गरेपछि पार्टी विधानको धारा ८ (९३०) र (९४०) बमोजिम स्पष्टीकरण सोधिएकोमा कमीकमजोरी महसुस गर्नको साटो नेता, कार्यकर्ता र समग्र पार्टीका विरूद्ध लिखित जवाफ दिएपछि विधानको धारा ८१ (९७०) को अनुशासनको कारबाहीको व्यवस्थाअनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको नेकपा (एमाले) बाँकेका अध्यक्ष नीरक गुरूङले जानकारी दिए ।
अध्यक्ष गुरूङले लगातार पार्टी नेता र पार्टीविरूद्ध गतिविधि जारी राखेपछि निलम्बनको कारबाही गर्न बाध्य भएको उल्लेख गरेका छन् । प्रदेशसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १(२) बाट नेकपा (एमाले)को तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य थारू लीला गिरी नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पूर्वमाओवादी सेनामा रहेका थारू नेकपा विभाजनपछि एमालेमै रहेर प्रदेश कमिटीको उपसचिवसम्म भएका थिए ।
प्रदेश सदस्य चौधरीले निलम्बनको विषय विधानसम्मत नभएको उल्लेख गर्दै आफूलाई औपचारिक रूपमा कुनै पत्र प्राप्त नभएको बताए ।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_klqTdixIrV_lka6ree3zfrvtb3kmsj9skcvtzzxnrojt7q0a4ikxgrdxvxwk0qvqqc4waec.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_hXwY2HQ04V_gaga9bc7jkz6wdlmkcj2ingn4yh2klq1yw85ier5bcnqt8gxoz5sh3c75yec.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया