सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुदाँ १४ जना घाइते

धनगढी - सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शनिबार बिहान करिब ११ बजे सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेखि कैलालीको चिसापानी जाँदै सु प प्र ०१ ००१ ज १५०७ न. जीप बाबियाचौरको देउराली नजिकै दुर्घटना हुदाँ १४ जना घाइते भएका हुन्।
घाइते हुनेमा कैलाली जिल्ला जानकी गाउँपालिका-९ को दीपबहादुर शाही, पञ्चपुरी नगरपालिकाका सुर्खेतका पार्वती घर्ती मगर, वर्षा सुनार, शिवराज सुनार, नरबहादुर देउवा रहेका छन्।
यस्तै पञ्चपुरी नगरपालिका-२ का भावना रोकाय, दैलेख जिल्ला दुल्लु नगरपालिका-३ का प्रकाश महत, कैलाली जिल्ला घोडाघोडी नगरपालिका-७ का खगेन्द्र कँडेल, घोडाघोडी नगरपालिका-७ कै सन्तोष धामी र उनकी श्रीमती सरस्वती धामी, डडेलधुरा जिल्ला परशुराम नगरपालिका गणेशप्रसाद जैसी रहेका छन्।
कैलालीको लम्कीचुहा नगरपालिका-८ का सृष्टि घिमिरे, सोही ठाउँकै टिका घिमिरे र गाडीचालक कैलाली जिल्ला जानकी गाउँपालिका-९ का केशव खड्का घाइते भएको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ। घाइतेमध्ये दीपक बहादुर शाही र पार्वती घर्ती मगरलाई थप उपचारका लागि कैलाली रिफर गरिएको छ भने अन्यलाई सामान्य उपचारपछि घर पठाइएको छ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया