ट्रम्पको जितपछि मस्कलाई फलिफाप : एक सातामा ट्रम्पको कुल सम्पतिको १० गुणा कमाए

काठमाडौँ- अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जित एलन मस्कका लागि निकै फाइदा साबित हुने देखिएको छ । चुनावमा ट्रम्पका लागि ठूलो रकम खर्च गरेका टेस्ला र एक्सका सीईओ एलन मस्कले सात दिनमा ट्रम्पको कुल सम्पत्तिभन्दा झण्डै १० गुणा बढी कमाएका छन् ।
ट्रम्पको जितअघि मस्कको कुल सम्पत्ति २६२ बिलियन डलर थियो, जुन मंगलबार बढेर ३०८ बिलियन डलर पुगेको छ । ट्रम्पको सम्पत्ति करिब ५.६ बिलियन डलर रहेको छ ।
फोर्ब्सको रियल-टाइम बिलियनियर्स इन्डेक्सका अनुसार विश्वको सबैभन्दा धनी व्यक्ति मस्कको सम्पत्ति बुधबार ३०८.१ बिलियन डलर पुगेको छ । ट्रम्पको जितपछि मस्कको ईभी कम्पनी टेस्लाको शेयरमा भारी वृद्धि भएको थियो । टेस्लाको शेयर ३९ प्रतिशतले बढेको छ र कम्पनीको मार्केट क्याप एक ट्रिलियन डलरले बढेको छ ।
राष्ट्रपतिको चुनावमा ठुलो रकम खर्च गर्नुका साथै मस्कले ट्रम्पलाई पुरा समर्थन गरेका थिए । मस्कले ट्रम्पका लागि सोशल मिडिया प्लेटफर्म एक्सको पनि पूरा उपयोग गरेका थिए ।
यसैबीच ट्रम्पले मस्कलाई आफ्नो सरकारमा सामेल गराएको घोषणा गर्दै सरकारको दक्षता बढाउने नयाँ मन्त्रालय स्थापना गरेर त्यसको नेतृत्व दिने घोषणा गरेका छन् । विभिन्न मिडिया रिपोर्टमा विश्वकै धनि मस्कले अब ट्रम्प सरकारको नीति निर्माणदेखि आफ्नो व्यवसायको लागि फाइदा पुग्ने कानुन बनाउन हस्तक्षेप गर्नसक्ने बताउदै आएका छन् ।

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया