ट्रम्प सरकारमा मस्क र रामास्वामीले 'सरकारी दक्षता विभाग'को नेतृत्व गर्ने

काठमाडौँ- अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्क र विवेक रामास्वामीलाई 'सरकारी दक्षता विभाग'को प्रमुख हुने घोषणा गरेका छन् ।
टेस्लाका प्रमुख मस्कले चुनावमा ट्रम्पलाई जिताउन ठुलो रकम खर्च गरेका थिए । उनी चुनावमा ट्रम्पको पक्षमा खुलेर प्रचार गरेका सबैभन्दा हाइप्रोफाइल व्यवसायी हुन् ।
त्यस्तै विवेक रामाश्वामी राष्ट्रपति निर्वाचनमा ट्रम्पसँगै उम्मेदवार रहेका थिए । पछि उम्मेदवारी फिर्ता लिँदै ट्रम्पलाई समर्थन गरेका थिए ।
अब मस्क र रामाश्वामीले अमेरिकी सरकारको नयाँ मन्त्रालय 'डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी' को नेतृत्व गर्ने भएका छन् । यस बिभागले अमेरिकी कर्मचारीतन्त्रको पुनर्संरचना, अनावश्यक खर्च भएका क्षेत्रको पहिचान गर्ने र त्यसलाई घटाउने, संघीय एजेन्सीहरुको पुनर्संरचना गर्ने लगायतका काम गर्ने ट्रम्पले जानकारी दिएका छन् ।

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया