सामाजिक सञ्जालको प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल

काठमाडौँ - प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चारमाध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल, युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन अपिल गरेको छ ।
सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट राख्न र तथ्यपूर्ण समाचार प्रवाह गर्न आग्रह गरेको हो ।
सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न कामसमेत गर्दै आएको काउन्सिलले जनाएको छ । युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जाल पेजको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाई कार्यान्वयन गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
सञ्चारमाध्यमसँग आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल एवम् फेसबुक पेज)बाट सम्प्रेषित सामग्रीका सम्बन्धमा उजुरी आएमा वा स्वअनुगमनबाट कैफियत देखिएमा त्यस्ता सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही हुने गरेको काउन्सिलले जनाएको छ ।

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

प्रतिक्रिया