करिब एक सय किलो गाँजासहित एक जना पक्राउ

मकवानपुर - हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम सहित काभ्रे धुलिखेल नगरपालिका-१२ शंखु ओखरकोट बस्ने २९ वर्षीय किरण वाग्लेलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ६३६१ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा खाली क्रेटहरूको बिचमा लुकाई छिपाई ल्याएको ११ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक वाग्लेलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

प्रतिक्रिया