रुसबाट ५६३ युक्रेनी सैनिकको शव फिर्ता

युक्रेनले शुक्रबार रूसी अधिकारीहरूबाट ५६३ सैनिकहरूको शव प्राप्त गरेको बताएको छ । यसमा मुख्य रूपमा पूर्वी डोनेट्स्क क्षेत्रमा लडाइँमा मारिएका थिए ।
सन् २०२२ मा रुसको आक्रमणपछि मस्को र कीभबीचको सहयोगका केही क्षेत्रहरूमध्ये कैदी र मारिएका सैनिकहरूको शवको आदानप्रदान एउटा हो ।
“पाँच सय ६३ युक्रेनी डिफेन्डरहरूको शव युक्रेनमा फिर्ता गरियो,” युद्ध कैदीहरूको उपचारको लागि समन्वय मुख्यालयले सोशल मिडियामा एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
साथै, रुसी शवगृहबाट थप १५४ शव फिर्ता गरिएको विज्ञप्तिमा उल्लेख छ ।
रुस र युक्रेनले यस लडाईमा कति सैनिक मारिएका छन् भन्ने सार्वजनिक रूपमा खुलासा गरेका छैनन् । एएफपी

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसंघको चेतावनी

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु

ज्यागुअर लैन्ड रोभरले बेलायतमा कर्मचारी कटौती गर्ने घोषणा

प्रतिक्रिया