सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

बागलुङमा दम्पती मृत फेला

सांकेतिक तस्विर

ढोरपाटन – बागलुङको बडिगाडमा श्रीमान्‌ श्रीमती मृत फेला परेका छन्। जिल्लाको बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उनकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा मृत फेला परेका हुन् ।

बिहीबार साँझसँगै खाना खाएर सुतेका दम्पतीको मृत्युले सिङ्गो गाउँ नै शोकमा परेको छ। गाउँलेले प्रहरीलाई खबर गरेपछि शव उठाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

दुई वर्षअगाडि विवाह गरेको परियार दम्पतीको एक छोरी रहेको उनको भनाइ छ। अहिलेसम्म के भएर मृत्यु भएको पत्ता नलागेको भन्दै अनसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले बताए।

उनले भने, ‘श्रीमान् पोखरामा काम गर्नु हुँदो रहेछ। केही दिन अगाडि आउनुभएको रहेछ। साँझ घरमा सँगै खाना खानुभएको रहेछ। केही खाना बाँकी रहेको देखियो, घटना कसरी भयो, अहिलेसम्म पत्ता लागेको छैन, हामीहरुले अनुसन्धान गरिरहेका छौँ।’