रेड नोटिस’ जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौँ - मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका–४ का दिलीप राउत पक्राउ परेका छन् । एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई आज नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्न इन्टरपोल शाखाको अनुरोधमा गत असोज १८ गते रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बुझाइएको प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाले जनाएको छ ।

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

प्रतिक्रिया