श्रीलङ्काली प्रहरीद्वारा भिसा उल्लङ्घनको आरोपमा ६ जना बङ्गलादेशी नागरिक पक्राउ

कोलम्बो- भिसाको सर्तहरु उल्लङघन गरेको आरोपमा मङ्गलबार साँझ पश्चिमी प्रान्तबाट छ जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको श्रीलङ्का प्रहरीले बुधबार जनाएको छ ।
उनीहरुलाई बन्दारनायके अन्तर्राष्ट्रिय विमानस्थल नजिकको क्षेत्र सीडुवाको निवासमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्तिहरूमा १८ देखि ४३ वर्ष उमेर समुहका मानिसहरू छन् । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
मङ्गलबार मन्त्रीमण्डलका प्रवक्ता विजिता हेराथले भिसा अवधि नाघेका वा भिसाका सर्त तथा नियम उल्लङ्गन गर्ने गतिविधिमा संलग्न हुने विदेशीविरुद्ध सरकारले आवश्यक कदम चालेको बताएका थिए । (सिन्ह्वा)

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया