दक्षिण लेबनानको लडाइँमा पाँच इजरायली सैनिकको मृत्यु

काठमाडौँ - इजरायली सेनाले आइतबार दक्षिण लेबनानमा पाँच सैनिक मारिएको बताएको छ । योसँगै सेप्टेम्बर ३० मा स्थल अभियान सुरु भएयता त्यहाँ लड्ने सैनिकहरूको मृत्यु सङ्ख्या ३७ पुगेको छ ।
“सैनिकहरू दक्षिण लेबनानमा लडाइँका क्रममा मारिए”, उनीहरू शनिबार मारिएको उल्लेख गर्दै सेनाले एक विज्ञप्तिमा भनेको छ ।
हिजबुल्लाहले हमासले अघिल्लो दिन इजरायलमा गरेको अभूतपूर्व आक्रमणपछि प्यालेस्टिनी लडाकू समूहको समर्थनमा सन् २०२३ अक्टोबर ८ देखि इजरायलमाथि रकेट प्रहार गर्न थालेको थियो ।
इजरायलले गत महिनाको अन्त्यमा लेबनानमाथि आफ्ना हवाई आक्रमणहरू उल्लेखनीय रूपमा बढाउनुअघि दक्षिण लेबनानमा स्थल अभियानहरू सुरु गरेको थियो ।
आधिकारिक आँकडाहरूमा आधारित एएफपीको गणनाअनुसार सेप्टेम्बर २३ देखि युद्धमा लेबनानमा कम्तीमा एक हजार छ सय १५ मानिस मारिएका छन् । यद्यपि तथ्यांकमा रहेको कमीका कारण वास्तविक सङ्ख्या योभन्दा बढी हुन सक्छ ।

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया