इरानमा चरमपन्थी समुहको आक्रमण, १० प्रहरीको मृत्यु

काठमाडौँ- इजरायली आक्रमणपछि इरानले अर्को आक्रमणको सामना गरेको छ । इरानको तफ्तानमा चरमपन्थी समूह जैश-अल-अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका छन् । तफ्तान क्षेत्र पाकिस्तानको सिमाना नजिक छ ।
इरानको गृह मन्त्रालयका अनुसार सशस्त्र आक्रमणकारीले इरानको सिस्तान र बलुचिस्तानको सिमानामा रहेको सहर तफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा हमला गरेको छ ।
इरानका गृहमन्त्री इस्कन्दर मोमानीले घटनालाई 'आतंकवादी' हमला भन्दै तत्काल छानबिन गर्न आदेश दिएका छन्।
सिस्तान र बलुचिस्तानको पुलिस सूचना केन्द्रले पनि विज्ञप्तिमा यसको पुष्टि गर्यो र भन्यो, 'तफ्तान शहरको गोहर कोह पुलिस स्टेशनका दुई गस्ती इकाईका १० जना प्रहरी मारिएका छन् ।'
जब यो हमला भएको थियो, प्रहरी जवानहरू आफ्नो कर्तव्य पूरा गरेर घर फर्किरहेका थिए ।
जैश-अल-अदलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ र भन्यो, 'तफ्तान शहरको गोहरकोहमा फर्जा जबर बलको गस्ती इकाईलाई निशाना बनाइएको थियो ।'
जैश-अल-अदल एक सशस्त्र चरमपन्थी संगठन हो । यो संगठन इरानी सरकारको विरोध गर्दछ । यो संगठनले आफूलाई न्याय र समानताको सेना पनि भनिन्छ ।

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया