पाकिस्तानमा सुरक्षाकर्मीसहित सात जनाको मृत्यु

काठमाडौँ - पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको आक्रमणमा सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको सरकारी स्रोतले जनाएको छ ।
आदिवासीहरूको बसोबास रहेको उत्तरी वजिरिस्तानमा भएको घटनामा आतंकवादीहरूले सेना र प्रहरीको संयुक्त जाँच चौकीमा आक्रमण गरेपछि भएको भिडन्तका क्रममा यो हताहत भएको हो ।
मृत्यु हुनेमा चार प्रहरी, एक सैनिक जवान र दुई सर्वसाधारण रहेको स्रोतले जनाएको छ । आक्रमणमा दुई प्रहरी र एक सैनिक घाइते भएका थिए ।
घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ । समाचार तयार पार्दासम्म उक्त आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया