'लट्ठै परेनी' युवाको सपनामा आधारित म्युजिक भिडियो, निर्देशन र कोरियोग्राफीमा भट्टको सशक्त प्रस्तुति

काठमाडौँ - किरण भुजेलको स्वर, संगीत र अभिनयमा प्रस्तुत गरिएको "लट्ठै परेनी" नामक गीत हालै सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी केशब राज भट्टले गरेका छन्। भिडियोमा साम्राज्य अधिकारी, ललना चिमरिया, प्रिन्सिका श्रेष्ठ र किरण भुजेलको उत्कृष्ट अभिनय रहेको छ।
भिडियोको पहिलो दृश्य पानी पुरी पसलमा केही केटा साथीहरू कुरा गर्दै गरेको देखाइन्छ। त्यहाँबाट दुई केटा एउटा सेतो नेटा मोडलको कारमा आइपुगेकी युवतीलाई प्रभाव पार्न खोज्दैछन्। भिडियोमा अप्रत्यक्ष रुपमा नेटा कारको विज्ञापन गरिएको छ।
भिडियोको मुख्य कथा एउटा युवकको सपनामा आधारित छ । जसले युवतीहरूलाई प्रभावित गर्न खोजेको देखिन्छ। सिङ्गो भिडियो एउटा कल्पनामा मात्र घुमेको छ। गाउँको वातावरण, नदी किनार र पुल नजिक छायांकन गरिएको यो भिडियोको छायांकन राम्रो भए पनि, दृश्यहरूमा स्थान र पहिरनको उचित उपयोग गरिएको छैन। आधुनिक पहिरनमा देखिएकी युवतीहरूको भूमिकाले गीतले मागेको सांस्कृतिक र मौलिक नेपाली पहिरनको सन्देश नबोकेको महसुस हुन्छ।
यद्यपि, संगीत र पृष्ठभूमि संगीत अत्यन्त सुन्दर रहेको छ । भिडियोको पोष्ट-प्रोडक्शन कार्य इक्याच स्टुडियोले गरेको हो भने सम्पादन र रंग संयोजन डिन्सन शाहले गरेका छन्।
केशब राज भट्टको निर्देशनमा तयार गरिएको यो म्युजिक भिडियोले युवा पुस्ताको सपनामा रमाउने मानसिकतालाई दर्शाएको छ । जहाँ प्रेम, आकर्षण र कल्पनाको संगम देख्न पाइन्छ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया