संसद्मा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद्मा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
शुक्रबार अपराह्न नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले संसदबाट बजेट पारित नहुञ्जेलसम्म अनिवार्य उपस्थिति हुन निर्देशन दिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन् ।
उनले बैठकको निर्णय जानकारी दिँदै भने, ‘आगामी आर्थिक वर्षको २०८१–८२ को विनियोजित विधेयक बजेट आगामी संसद् बैठकमा निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ । असार ९ गतेबाट सुरु हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत नहुञ्जेलसम्मका लागि सबै सांसदलाई अनिवार्य उपस्थिति हुन दलको बैठकले निर्देशन दिएको छ ।'
लेखकले संसदमा दलको निर्देशन अनुसार प्रस्तुत हुन सांसदलाई निर्देशन दिइएको समेत बताए । उनले बजेटमा के पोजिसन राख्ने भन्नेबारे त्यसैबेला निर्णय गर्ने बताउँदै प्रतिपक्षको भूमिकामा भएकाले जनताका मुद्दामा मुखतिर भएर संसदमा प्रस्तुत हुन सांसदलाई बैठकले निर्देशन दिएको बताए ।
उनले भने, ‘संसद्का पछिल्ला बैठकमा माननीयहरूको उपस्थिति पातलो देखिएको छ । त्यसैले नेपाली कांग्रेसका माननीयहरूलाई संसदमा उपस्थिति भएर जनताका आवाजलाई उठाउन र प्रतिपक्षको भूमिका क्रियाशीलता पूर्वक निर्वाह गर्न निर्देशन दिएको छ ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया