सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्नुपर्ने बताएका छन् ।
पार्टीका पोलिटब्यूरो सदस्य देवशङ्कर पौडेलले लेखेको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तक आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज विमोचन गर्दै उनले अहिलेका अधिकांश नेता तथा कार्यकर्ता भ्रष्टाचारको दलदलमा फस्दै गएकामा चिन्ता व्यक्त गरे ।
समाज भ्रष्टीकरणमा फस्दै गएपछि जनतामा छाएको निराशाले राजनीतिक व्यवस्था खतरामा रहेको बताउँदै नेपालले उनीहरूको विश्वास र भरोसालाई कायम राख्न समाजलाई भ्रष्टीकरणबाट मुक्त गर्नुपर्नेमा जोड दिए । मुलुकमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त जनअधिकारलाई सुरक्षित गर्न देश र जनतालाई केन्द्रविन्दुमा राख्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।
मुलुकको राजनीति अहिले सहज ढङ्गले अगाडि बढ्न नसकेको बताउँदै उहाँले राजनीति सहज बनाउन तीनै तहका सरकारले चाँडो नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउनुपर्ने बताए । उनले पौडेलद्वारा लिखित पुस्तकले पाठकलाई नयाँ ज्ञान दिने विश्वास व्यक्त गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले वैचारिक दृष्टिकोण तथा तार्किक बहसका लागि सबैले किताब पढ्ने बानी बसाल्नुपर्ने सुझाव दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया