कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले तेस्रो पटक तीन दिनको म्याद थप गरेको छ ।
धनुषा जिल्ला अदालतले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सिरोहिया गत मंगलबारदेखि प्रहरीको हिरासतमा रहेका छन् । नागरिकता दुरुपयोगसम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया हिरासतमा रहेको बेला अस्वस्थ बनेपछि जनकपुरस्थित काव्या अस्पतालमा उपचार गराइरहेका छन् ।
गत मंगलबार सिरोहियालाई काठमाडौँस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर पुर्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन दिनको म्याद थपिएको थियो ।

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

तामाखानी उत्खननका लागि खोजतालस सुरु

चिया जाली कालो भयो, छान्न सकेन, उसो भए यो उपाय अपनाउनुहोस्

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढ्ने, दुई प्रदेशमा हावाहुरी चल्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

‘सूचना प्रविधि सावधानीपूर्वक प्रयोग गर्नुपर्ने’

प्रतिक्रिया