सरकारले प्रेस स्वतन्त्रता हनन गरेको छैन : अध्यक्ष ओली

मोरङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकतामाथि प्रश्न उठेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको घटनाले प्रेस स्वतन्त्रता हनन नहुने बताएका छन् ।
एमाले मोरङ जिल्ला कमिटीले विराटनगर–११ स्थित पाञ्चालिमा रहेको भवन परिसरमा निर्माण गरिएको नेताद्वय स्व पुष्पलाल श्रेष्ठ, मदनकुमार भण्डारी र मनमोहन अधिकारीको अर्धकदको शालिक अनावरणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नागरिकता छानबिनको विषय प्रेस स्वतन्त्रता हननसँग सम्बन्धित नरहेको स्पष्ट पारे ।
'नागरिकता छानबिनबाट मुलुकमा अधिनायकवाद र निरङ्कुशता कायम हुने भन्ने कुरा जनतामा भ्रम सिर्जना गर्ने कार्यमात्र भएको हो । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कसैको रिसइबीले होइन नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका हुन्, यसलाई गलत रूपमा प्रस्तुत गर्नु हुँदैन,' अध्यक्ष ओलीले भने ।
उनले नेपाली कांग्रेसले सहकारीको मुद्दामा भोलिदेखि सडकमा आन्दोलन गर्नु जरुरी नभएको धारणा राखे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया