बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया : प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरेको देख्दा म लज्जित छु

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर प्रचण्ड सरकारले लज्जास्पद काम गरेको प्रतिक्रिया दिएका छन् ।

भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत प्रचण्ड नेतृत्वको सरकारले सिरोहियालाई पक्राउ गर्नु लज्जास्पद भएको प्रतिक्रिया दिएका हुन् ।

उनले लेखेका छन्, ‘माओवादी जनयुद्धको बेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापेबापत तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचण्ड लगायत हामीले त्यसको तीव्र विरोध गरेका थियौँ ! आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुशरण गरेको देख्दा म अत्यन्त लज्जित छु !’

 

र, यो पनि

कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

- सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि पटक पटक हस्तक्षेप भयो : कैलाश सिरोहिया

- रिट लिएर सर्वोच्च पुगे सिरोहिया

- ​सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरको कार्यालयमा पुग्यो

- सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम : सिके राउत

- कान्तिपुर कार्यालयबाट अध्यक्ष कैलाश सिरोहिया पक्राउ

- पक्राउपछि सिरोहियाले भने- गृहमन्त्रीले प्रतिशोध साँधेर पक्राउ गरे

- सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण : पत्रकार महासंघ

- सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला