पक्राउपछि सिरोहियाले भने- गृहमन्त्रीले प्रतिशोध साँधेर पक्राउ गरे

काठमाडौँ- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।
एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको प्रहरीको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।
जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरुद्ध धनुषा प्रहरीले आजै पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
सिरोहियाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेर आफूलाई पक्राउ गरेको बताएका छन् । प्रहरीले पक्राउ गरेर गाडीमा राख्नुअघि सिरोहियाले छोटो सम्बोधन गर्दै सरकार र गृहमन्त्रीविरुद्ध आक्रोश पोखेका थिए ।
उनले भने, ‘६२/६३ मा ज्यानको बाजी लगाएर ल्याएको लोकतन्त्रको नतिजा यही रहेछ ।’ यस्तै उनले आफ्नो पक्राउले कान्तिपुर यसबाट विचलित नहुने समेत बताएका छन् ।
यस्तै अध्यक्ष सिरोहियाले राज्यको अहिलेको कदम प्रेसमाथिको हस्तक्षेप भएको भन्दै थप सशक्त रूपमा प्रस्तुत हुने धारणा राखे । आफूलाई नागरिकताको विषयमा सोधपुछ नै नगरी पक्राउ गरिएको भन्दै सिरोहियाले गृहमन्त्रीको दुईवटा राहदानीका विषयमा अनुसन्धान गर्न चुनौती दिए ।
र, यो पनि
- कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
- सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि पटक पटक हस्तक्षेप भयो : कैलाश सिरोहिया
- रिट लिएर सर्वोच्च पुगे सिरोहिया
- सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरको कार्यालयमा पुग्यो
- सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम : सिके राउत
- कान्तिपुर कार्यालयबाट अध्यक्ष कैलाश सिरोहिया पक्राउ

‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

तामाखानी उत्खननका लागि खोजतालस सुरु

चिया जाली कालो भयो, छान्न सकेन, उसो भए यो उपाय अपनाउनुहोस्

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढ्ने, दुई प्रदेशमा हावाहुरी चल्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया