संसदीय छानबिन समिति गठनका विषयमा आइतबारसम्म एउटा सहमतिमा पुगिन्छ : प्रवक्ता महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका विषयमा सहमतिको प्रयास भइरहेको बताएका छन् ।
शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले छानबिन समिति गठनका विषयमा प्रधानमन्त्रीसँग निरन्तर छलफल भइरहेको भन्दै आइतबारसम्म एउटा सहमतिमा पुग्न सकिने बताए ।
उनले गृहमन्त्री लगायत अन्य समस्याग्रस्त सहकारीका विषयमा अध्ययन गर्ने गरी समिति बनाउनुपर्ने धारणा राखे । रवि लामिछाने सहकारी प्रकरणमा संलग्न भएको स्पष्ट रहेको भन्दै उनले पावरका भरमा कसैले पनि उन्मुक्ति पाउन नहुने जिकिर गरे ।
प्रवक्ता महतले कांग्रेसले उठाएका विषयमा गम्भीर नभएकै कारण लगातार सदन अवरुद्ध हुन पुगेकाले सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको हो कि भन्ने आशंका उत्पन्न हुनु स्वभाविक रहेको बताए ।
उनले विपक्षी दलहरूको बैठकले पनि संसदीय छानबिन समितिबाट पछि नहट्ने निर्णय गरेको जानकारी दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया