रास्वापाले मात्रै अहिलेको अवस्थाको निकास निकाल्न सक्दैन - मन्त्री अर्याल

नेपालगन्ज - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक दलको छलफलबाट राजनीतिक निकास आउने बताएका छन् ।
रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिममा सहभागी हुन आज बाँकेको कोहलपुर आउनुभएका उनले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै निकास निकाल्न नसक्ने बताए । उनले संवादबाट गतिरोधको अन्त्य हुने विश्वास व्यक्त गरे । सुसंस्कृत राजनीति गर्न भनेर आएको पार्टीले संसद्मा गरेको गतिविधि दुःखद भएको उनको भनाइ थियो ।
मन्त्री अर्यालले वैदेशिक रोजगारका लागि विभिन्न देशमा गएका र जेलमा भएका नेपालीका विषयमा गहन अध्ययन हुन लागेको उल्लेख गर्दै श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकका पक्षमा उद्धार, शव व्यवस्थापन, औषधो पचार गर्न वैदेशिक रोजगार बोर्ड गठन भएको बताए । उनले श्रम स्वीकृति नलिई जाने कामदारका लागि मन्त्रालयले कुनै काम गर्न नसक्ने जानकारी दिनुहुँदै महिला कामदार विदेश जाने र असुरक्षा हुने विषय जटिल भएको उल्लेख गरे ।
“वैदेशिक रोजगारीमा संस्थागत र व्यक्तिगत ठगी छ, यसलाई योजना बनाएर काम गनुपर्छ”, मन्त्री अर्यालले भने । मन्त्रालयका सचिव घनश्याम उपाध्यायले श्रमसँग सम्बन्धित श्रमाधान अभियान सञ्चालन हुन लागेको जानकारी दिए । उनले वैदेशिक रोजगारीका लागि मिटर ब्याजमा पैसा लिने समस्या चिन्ताको विषय भएको बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया