आयरल्यान्ड उल्भ्ससँग नेपाल 'ए' को लज्जास्पद हार

काठमाडौँ- पाहुना टोली आयरल्यान्ड उल्भ्सविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल 'ए' ले लज्जास्पद हार भोगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा आयरल्यान्ड उल्भ्सले नेपाल 'ए' लाई २१ रनले पराजित गरेको हो ।
बुधबारको खेलमा १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले २५ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ३६ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि शहाब आलमले ३७ रन, देव खनालले २६ रन, बसिर अहमदले २०, कप्तान विनोद भण्डारीले ९ रन, अर्जुन कुमालले ९ रन र अर्जुन साउदले ४ रन जोडे ।
आयरल्यान्ड उल्भ्सका लागि म्याथ्यु हमफ्रेयसले ५ विकेट तथा लियाम म्याककार्थीले ४ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड उल्भ्सले ३८ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ५७ रन बनायो ।
आयरल्यान्ड उल्भ्सका लागि केड कार्मिकाइलले ५१ रन, कप्तान निल रकले ३९ रन तथा पिटर मुरले २१ रन बनाए ।
नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट हात पारे । उनले ह्याट्रिक पनि पूरा गरे । मौसम ढकाल र शहाब आलमले २-२ विकेट तथा रिजन ढकालले १ विकेट हात पारे ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया