लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ध्यान दिन्छु : अध्यक्ष दाहाल

काठमाडौँ - राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा समानुपातिक र समावेशीतालाई संस्थागत गर्नका लागि ध्यान दिने बताएका छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा आफूलाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रियसभाका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै दाहालले अध्यक्षको रुपमा नाम मनोनयनको मितिदेखि नै मैले मेरो दलीय आवद्धता र संलग्नता त्याग गरेको भन्दै देश र जनताका लागि काम गर्ने प्रतिवद्धता जनाए । राष्ट्रिय सभाको अध्यक्षको रुपमा आफ्नो मुख्य ध्यान सदनको भूमिकालाई अभिबृद्धि गर्न तथा यसको गरिमा र मर्यादालाई माथि उठाउने कुरामा केन्द्रित हुने उनले बताए ।
उनले पहिचानलाई संस्थागत गर्दै सभालाई कानून निर्माण र संसदीय निगरानीमा अझ प्रभावकारी बनाउने तथा जनसरोकारका विषयमा र संघीयताको सवलीकरणमा यो सभालाई केन्द्रित गर्ने धारणा राखे ।
राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रदेश र स्थानीय तहको अधिकारको संरक्षण गर्ने साथै तीनै तहहरूबीच समन्वय गर्ने सदस्यहरुको साथ र सहयोगले संघियताका नकारात्मक अफवाहलाई मेटाउन सम्भव हुने बताए ।
उनले विधि निर्माण, नियमावलीमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन, संसदीय निगरानी तथा अनुगमन र मुल्यांकनलाई थप तथ्यपरक, अनुसन्धानमुलक, विश्वसनीय, सहभागितामूलक, एकरुपता र आधिकारीक बनाउन आवश्यक मापदण्ड तयार गरी कार्यान्वयन गर्नेतर्फ प्रयास रहने पनि बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया