अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

काठमाडौँ - अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।
शुक्रबार बसेको बैठकमा प्रधानमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राखेको विधेयक पारितको प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो । त्यसअघि विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले दिएको प्रतिवेदनसहितको छलफल भएको थियो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री शर्माले मुलुकको विकास प्रक्रियालाई नतिजामूलक र पारदर्शी बनाई सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्न विधेयक ल्याइएको बताइन् । उनले अनुगमन गर्ने ठाँउको स्रोत साधनका साथै सुविधा परिचालन नगर्ने बिषय पनि विधेयकमा उल्लेख रहेको जानकारी दिइन् ।
मुलुकका तीनै तहको विकास आयोजनाको अनुगमन तथा मूल्याङ्कनका आधार, मापदण्ड, अनुगमन गर्ने निकाय लगायतको व्यवस्थालाई विधेयकमा समावेश गरिएको उनले बताइन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया