नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण गरेका ३ वर्षीय बालक भए डिस्चार्ज

काठमाडौँ- नेपालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरिएका तीन वर्षीय बालक डिस्चार्ज भएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत पुस २७ गते डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा पर्साका ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण सफलता पूर्वक गरेको थियो ।
बालकको अप्रेसनमा ५० जान चिकित्सकको टोलीले १४ घण्टा लगाएको श्रेष्ठले बताए । डा श्रेष्ठको नेतृत्वमा भएका प्रत्यारोपणमा केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिक र प्रशासनिक कर्मचारीले सार्वजनिक बिदाका दिन पनि प्रत्यारोपण गरेका हुन् ।
प्रत्यारोपणमा पाटन अस्पतालका बालरोग विशेषज्ञ डा. पुजा अमात्य लगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालमा वरिष्ठ बालरोग विशेषज्ञ डा सुमित अग्रवाल, बालरोग विशेषज्ञ डा वर्षा वर्मा तथा भारतीय चिकित्सकको पनि सहभागिता रहेको थियो ।
उनका अनुसार बच्चामा हुने क्यान्सरका कारणले कलेजो फेल भएको हो ।
बच्चालाई आइतबार ९ दिन र आमालाई ६ दिनमा डिस्चार्ज गरिएको श्रेष्ठले बताए । केन्द्रका वरिष्ठ प्रशासक सहायक विश्वनाथ पौड्यालका अनुसार १५ देखि २० लाखसम्म रुपैयाँ कलेजो प्रत्यारोपणमा खर्च लाग्ने भए पनि १५ लाख मात्रै अस्पतालले लिएको छ ।
ती बालकलाई उनकी ३० वर्षीय आमा सिता भट्टले कलेजो दान दिएकी हुन् । प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको पौड्यालले बताए ।
अस्पतालको विज्ञप्तिमा भनिएको छ, ‘देशमा कलेजो प्रत्यारोपणको सुरुवात गर्ने यस केन्द्रले सबै भन्दा धेरै मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको छ । यस केन्द्रले सुरुको केही वर्ष वार्षिक १ दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकोमा यो वर्ष जनाको सफल कलेजो प्रत्यारोपण गरी सकेको छ भने केन्द्र स्थापनाको ११ वर्ष अवधिमा ११८८ जनाको मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण समेत भई सकेको छ ।’

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

प्रतिक्रिया