जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीहरूको भुक्तानी गर्छौं : मन्त्री ज्वाला

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीहरूको भुक्तानी गर्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गत आर्थिक वर्षको बाँकी रहेको व्यवसायीहरूको भुक्तानी दिएमात्रै अर्ततन्त्र चलायमान हुने र त्यसका लागि मन्त्रालय लागिपरेको बताए । उनले अहिले पनि अर्थतन्त्र संकटमा रहेको बताए ।
उनले आफू बच्नका लागि अर्थतन्त्र राम्रो छ भनेपनि अर्थतन्त्र संकटमा रहेको तर भयावह अवस्थामा भने नरहेको दाबी गरे । उनले अर्थतन्त्र धेरै नै दबाबमा छ भनेर निराशा फैल्याउन नहुने पनि बताए ।
‘अर्थतन्त्र संकटमा छ, यसमा धेरै बहस गर्नै परेन । कसले के गीत गाउँछ, त्यो छुट्टै कुरा हो । कसले आफ्नो फेस सेभ गर्नका निम्ति के भन्छ त्यो अलग कुरा हो । तर जसरी भयावह छ की, एकदम आकाश नै खस्न थाल्यो, धर्ती नै डुब्न थाल्यो । घाँटी घाँटी नै अठ्याउन थाल्यो की भन्ने अवस्था अलि होइन । त्यत्ति धेरै निराशा बाँड्न पनि हुँदैन । साह्रै ठूलो अफ्ठ्यारोमा परेका छैनौँ । श्रीलंका नै बन्न थाल्यो भन्ने होइन । भुक्तानीको कुरा छ, भुक्तानीका विषयमा हामी आफैँ भुक्तमान व्यहोरिरहेका छौँ' उनले भने 'हामी आफैँ माग्ने पक्ष जस्तो भएका छौँ । सरकारको एउटा पार्टनर भएपनि त्यहाँ धेरै माग्नुपर्ने र लाग्नुपर्ने, दाडिरहनुपर्ने, भनिरहनुपर्ने छ । अघिल्लो आर्थिक वर्षमा जुनसुकै अवस्थामा पनि जुनसुकै विकल्प रोजेर भएपनि त्यसलाई भुक्तानी दिनुपर्छ । त्यसो भयो भने फाइदा हुन्छ । अर्थतन्त्र चलायमान हुन्छ । हामी त्यसको लागि धेरै प्रयत्न गर्दा धेरै भुक्तानी गर्न सकियो, त्यसमा केही बाँकी छ, लागिरहेका छौँ । लगानी वृद्धिका निम्ति लगानी आकर्षित गर्नका लागि लगानी सम्मेलन फलदायी बनाउनुपर्नेछ । उद्योगी व्यवसायीसँग छलफल गरेर लगानी सम्मेलन गर्नेछौँ ।’
मन्त्री ज्वालाले लगानी वृद्धिका निम्ति लगानी आकर्षित गर्नका लागि लगानी सम्मेलन फलदायी बनाउनुपर्ने आवश्यकता रहेको र लगानी सम्मेलनअघि उद्योगी व्यवसायीसँग छलफल गरेर सुझाव लिने सरकारको योजना रहेको बताए ।

अब मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत : प्रधानमन्त्री ओली

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

प्रतिक्रिया