एक महिनामै एक लाख बढीले काठमाडौँ छोडे

काठमाडौँ : निषेधाज्ञा अवधिमा काठमाडौँ छाड्नेको संख्या ह्वात्तै बढेको छ । कोभिड-१९ को संक्रमण बढेसँगै सुरक्षित हुन गाउँ जान भन्दै गाउँ जाने मानिसको संख्या बढेको हो । एक महिनाको अवधिमा एक लाख ५ हजार ३ सय ९ मानिस गाउँ फर्केका छन् ।
उपत्यका छोड्ने बढेसँगै भित्रिने क्रम पनि रोकिएको छैन । त्यसैगरी एक लाख ३ हजार ५ सय २ जना मानिस उपत्यका भित्रिएका छन् । तराइका जिल्लाबाट बढी खाद्यान्नय लगायत अन्य सामग्री आयात गर्ने मानिस आएको महानगरी ट्राफिक महाशाखाले जनाएको छ ।
महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार, सवारी-साधन ७४ हजार २ सय ४८ भित्रिएका छन् । ७२ हजार ८ सय १ सवारीसाधन बाहिरिएका छन् ।
निषेधाज्ञा उंल्लघन गर्ने सवारी-साधनलाई पनि कारबाही गरिएको उनले जानकारी दिए । साना-ठूला सवारी-साधन गरी ५४ हजार ९ सय ३ लाई होल्डिङ गरी राखिएको थियो,' उनले भने,' नियन्त्रणमा लिएर बेलुका छाड्ने गरेका छौ । '
३८ हजार मोटरसाइकल, १२ हजार ९ सय ११ र अन्य सवारीसाधनहरूलाई होल्डिङ सेन्टरमा राखी कारबाही गरिएको छ । उपत्यका बाहिरका जिल्ला जाने सवारी-साधनलाई पनि कारबाही गरिएको अधिकारीले बताए । यात्रुसँग बढी भाडा लिने ५२ जनालाई प्रहरीसमक्ष बुझाएको उनको भनाइ छ ।
उनले निषेधाज्ञाको उल्लंघन गर्ने ८ हजार ८ सय ८८ लाई नेपाल प्रहरीले कारबाही जानकारी दिए । जिल्ला प्रशासनले तोकेको जरिवाना लिएर छोडिएको महाशाखाले जनाएको छ ।

सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

प्रतिक्रिया