एक युवाको निधनपछि बसाइँ सरे राउटे समुदाय

सुर्खेत : लोपोन्मुख राउटे समुदायका युवा शिवराज शाहीको निधन भएपछि उनको समुदाय नै बसाइँ सरेको छ । शाहीकाे निधनपछि गाउँलेहरू गुर्भाकोट नगरपालिका-११ स्थित आपसोतीमा बसाइ सरेका हुन् । गुर्भाकोट वडा नम्वर १० मा बस्दै आएका राउटे शुक्रबार बसाइँ सरेका हुन् ।
अत्यधिक मदिरा सेवनका कारण राउटे युवाको निधन भएको उक्त समुदायमा कार्यरत अहेव तिलक विसीले जानकारी दिए । ‘राउटे समुदायका युवा शिवराजले मदिरा सेवन गरिरहन्थे केही दिनअघि छाती दुखेको भनेका थिए’ अहेव विसीले भने, ‘एक्कासी उनको मृत्यु भयो । सायद मुटुको समस्याले पनि उनको मृत्यु भएको हुनसक्छ ।’ राउटे समुदायमा कसैको मृत्यु भएमा बसाई सर्ने चलन रहेको छ ।
राउटे युवाको मृत्युपछि दैलेखको गुराँस गाउँपालिकाले उक्त समुदायमा कोभिड परीक्षण पनि गराएको छ । गाउँपालिकाका अध्यक्ष खेमराज वलीले एक सय ४६ जनाकाे नै पीसीआर रिपोर्ट नेगेटिभ आएको बताए । यस्तै, समाजिक सेवा केन्द्र (सोसेक) को आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा खाद्यन्न वितरण पनि भएको छ । त्यसैगरी संस्थाले राउटे बस्तीमा स्वास्थ्यकर्मी र शिक्षकसमेत परिचालन गरेको छ ।

सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

प्रतिक्रिया