प्रदेश मामिला समितिकाे प्रतिवेदन प्रस्तुत

मकवानपुर- निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरु भएकाे बागमती प्रदेश सभाको आइतबारकाे बैठकमा प्रदेश मामिला समितिकाे प्रतिवेदन प्रस्तुत गरिएकाे छ । सभामा समितिले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि तयार पारेको प्रतिवेदन प्रस्तुत गरिएको हाे ।
प्रदेश मामिला समितिका जेष्ठ सदस्य शिवराज अधिकारीले उक्त विधेयक प्रदेश सभामा प्रस्तुत गरेका हुन् । उक्त विधेयकमाथि प्रदेश मामिला समितिको आइतबार नै बसेको बैठकमा दफाबार छलफल गरी प्रतिवेदन तयार गरिएको थियो । आइतबारकाे बैठक अपरान्ह ३ बजेकाा लागि बाेलाइए पनि ४ः३० बजे सुरु भएकाे थियाे ।
बैठककाे कारबाही सुरु भएकाे सभामुखले जानकारी दिए लगत्तै नेकपा एमालेका मधुसुदन पाैडेलले इजरायलमा भएकाे हमासकाे आक्रमणबाट २१ जना नेपाली हताेहाती भएकाे अवस्थामा उक्त आक्रमणमा परेका नेपालीकाे यथार्थस्थिति सार्वजनिक गर्न र घाइते भएका नेपालीकाे उपचारकाे व्यवस्था गर्न प्रदेश सरकार मार्फत संघीय सरकारकाे ध्यानाकर्षण गरेका थिए ।
समितिकाे प्रतिवेदन प्रस्तुत भएसँगै प्रदेश सभाको अर्को बैठक भोलि असोज २२ गते अपराह्न ४ बजे बस्ने गरी प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले स्थगित गरेका छन् । शून्य तथा विशेष समय नरहेकाे आजकाे बैठक करिब ७ मिनेट बसेर सकिएकाे थियाे ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया